Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

वागमती


गर्मी बढेसँगै चितवनका छ पालिकाका विद्यालय बन्द

१९ जेष्ठ ,चितवन । जिल्लाका छ पालिकाले विद्यालय बन्द गरेका छन् । गर्मी बढेसँगै पालिकाले विद्यालयमा बिदा दिन थालेका हुन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चितवनमा आजको अधिकतम तापक्रम ३९ डिग्री मापन गरिएको छ

श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउन महायज्ञ

१९ जेष्ठ ,काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनःनिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको छ । सो मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा श्री १००८ डा चक्रपाणी आचार्य स्वामीजीले कथा वाचन गरेका थिए । महायज्ञमा जनार्दन

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

१९ जेठ, चितवन । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको

सिभिल अस्पताल अगाडी मोटरसाइकल र पिकअप ठोक्किए, एक जना घाइते

१९ जेठ, काठमाडाैँ । काठमाडाैँको सिभिल अस्पताल अगाडी सवारी दुर्घटना भएको छ। शुक्रबार बिहान १०ः ५० बजे सिभिल अस्पताल अगाडी बिचको लेनमा बा १८ च ९६६५ को बोलेरो पिकअपसँग विपरित दिशाबाट आएको बागमति प्रदेश-०२-०२६ प १८७७ नम्बरको यामाहा R15 मोटरसाइकल ठोक्किएको हो। उक्त घटनामा मोटरसाइकलमा सवार १ जना घाइते भएका छन्।

विवाह अगाडि १२ पास गर्नेलाई २० हजार

१९ जेठ, हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकाले बाल विवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई रु २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ जना चेलीलाई सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट मात्रै चल्नुपर्ने

१९ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

१९ जेठ, रसुवा । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । १८

३० आदर्श दम्पती सम्मानित

१९ जेठ, चितवन । चितवनका ३० दम्पतीलाई ‘आदर्श दम्पती’का रूपमा सम्मान गरिएको छ । आदर्श नारी विकास केन्द्रले ३२औँ स्थापना दिवसका अवसरमा समाजमा अनुकरणीय काम गर्ने उनीहरूलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको हो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार आदर्श नारी विकास केन्द्रको हरेक कार्यक्रममा सहयोगी बन्ने

मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नति

१९ जेष्ठ ,भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख

सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जना पक्राउ

१८ जेष्ठ ,काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा सम्लग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित छ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका

सम्वन्धित समाचारहरु