१८ चैत्र, एजेन्सी । भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झण्डै छ महिना यताकै उच्च हो । बुधबार तीन
१८ चैत्र, कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा
१८ चैत ,खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि सात महिनादेखि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका समाजसेवी राईको उपचारका लागि आफन्त तथा शुभेच्छुकको पहलमा रु १७ लाख एक हजार सहयोग जुटाइएको
१७ चैत ,काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज फेरि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार ७९ जनामा गरिएको परीक्षणमा एक सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १६ गते ४२, चैत १५ गते ३४, चैत १४ गते २४ र चैत १३ गते
१७ चैत ,दोधारा चाँदनी। भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ ।” जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भन्नुने, “पछिल्लो समय
१६ चैत्र, काठमाडाैँ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । उनका अनुसार भिटामिन
१५ चैत्र, काठमाडाैँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुआत गरिएको बोर्डले जनाएको छ । सार्वजनिक बिदाका दिनबाहेक कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका
१५ चैत्र, चितवन । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल
१५ चैत्र, बागलुङ। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर
१४ चैत्र, एजेन्सी। कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार