Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

समाचार


हेलिकप्टर दुर्घटना अपडेट : दुई जना गम्भीर घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइयो

२२ वैशाख, काठमाडाैँ । सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।गम्भीर घाइते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो । पाइलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी

नारायणगढ–बुटवल सडक निर्माणको गति अपेक्षा गरिएभन्दा कम

२२ वैशाख, काठमाडौँ । सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन । सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो । ठेक्का थपिएको अवधि साउनसम्ममा

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम

२२ वैशाख, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको थियो । सम्झौतामा जापानका

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

२२ वैशाख, नुवाकोट  नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए । पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म)

सर्वियामा फेरि नरसंहार, ८ जनाको मृत्यु

२२ वैशाख, एजेन्सी । एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिहीबार साँझ दुबोनास्थित एक उद्यानमा एक

कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई

२२ वैशाख, म्याग्दी । जिल्ला कारागार म्याग्दीका कैदी बन्दीले बनाएका मुढा चीन निकासी हुन थालेको छ । चीनबाट माग आएपछि कैदीबन्दीलाई बाँसबाट मुढा बनाउन भ्याइनभ्याई भएको छ । म्याग्दी कारागारका चौकीदार वसन्त रोकाले पहिलो चरणमा आठ सय २० वटा मुढा चीन पठाइएको जानकारी दिए । “एक महिनाअघि एक हजार छ

हेलिकप्टर दुर्घटना अपडेट : पाँच जना घाइते

२२ वैशाख, संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका –४ दिदिङ्खा भन्ने स्थानमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शुक्रबार दिउँसो अपर अरुण जलविद्युत आयोजनाको सामान लिएर उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिकप्टरमा ५ जना सवार थिए

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

२२ वैशाख, पोखरा । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाएका थिए । सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताए

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

२२ वैशाख, संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने गोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । नेपाली सेनाको २ नम्बर बाहिनी अड्डा हिलेका अनुसार केहीबेर अघि सो हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र त्यसबारे थप जानकारीको प्रयास भइरहेको सेनाको सो बाहिनी

पाकिस्तानका कुख्यात आतङ्ककारी मारिए

२२ वैशाख, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् । प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर

सम्वन्धित समाचारहरु