Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

समीक्षा र गोकुलको ‘ए सुवा’ सार्वजनिक (भिडियो)


२१ जेठ, काठमाडाैँ । समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित प्रेमिल सम्बोधन हो ‘ए सुवा’ त्यस्तै प्रेमीकाले प्रेमीलाई ‘ए साई’ भन्छन् । कञ्चनपुरका गायक गोकुलले ‘ए सुवा’ मार्फत एक जोडीको रमाइलो प्रेम कथा देखाउन खोजेका छन्।

ए सुवामार्फत् प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रूपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन्। गायक गोकुल हाल व्यवसायको सिलसिलामा जापानमा छन् ।

गायक गोकुलले यसअघि फुलेको फूल, सिकाउँदै छ केही, उडाइलगेछ, आधा परान, कहाँ थियौँ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरा लगायतका एक दर्जन बढी गीत बजारमा ल्याइसकेका छन्।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?