Trending
>>   विरोधीहरु एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली >>   नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर >>   लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन >>   माओवादीलाई काँग्रेस सांसद निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस् >>   संसद अवरोध हटाउन सभामुखको तीन दलसँगको छलफल निष्कर्षविहीन, पेलेरै अघि बढ्ने सत्तापक्षको संकेत >>   २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ स्वास्थ्य मन्त्रालय >>   काँग्रेसलाई बलियो बनाउन जरुरीः सभापति देउवा >>   खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल >>   हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ
Logo
२५ जेष्ठ २०८२, आईतवार
२५ जेष्ठ २०८२, आईतवार

समाचार


विरोधीहरु एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन् । आईतवार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको

नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रवन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आईतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन

एजेन्सी। संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन निम्त्याएको छ । दक्षिणी क्यालिफोर्निया र राष्ट्रभर आप्रवासन कारबाही जारी रहँदा कम्तीमा ४४ व्यक्तिलाई हिरासतमा लिएको छ । जसले दोस्रो ठूलो अमेरिकी शहरमा व्यापक विरोध, झडप र अराजकता

माओवादीलाई काँग्रेस सांसद निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, अब नियमानुसार सभा सञ्चालन गर्न दिनुस्

काठमाडौँ। नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् । आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले माओवादीकै हातमा संसद चल्न दिने वा

संसद अवरोध हटाउन सभामुखको तीन दलसँगको छलफल निष्कर्षविहीन, पेलेरै अघि बढ्ने सत्तापक्षको संकेत

काठमाडौँ। संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ । आईतवार संसदको अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। राष्ट्र बैंकले (आज) आईतवार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ शुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि

कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ स्वास्थ्य मन्त्रालय

काठमाडौँ। छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काँग्रेसलाई बलियो बनाउन जरुरीः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जीवनीबाट प्रेरणा लिएर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताए । उनले शहीद जोन्छेको बारेमा अझै धेरै पुस्तकहरु लेखेर जनमानसमा

खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र हुनुहुन्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलाडीहरू सम्पूर्ण नेपालीहरूलाई गौरव दिने पात्र भएको बताएका छन् । काठमाडौंस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा आईतवार नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूको स्वास्थ्य परीक्षणका क्रममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले खेलाडीले गौरव गर्नेगरी सबै नागरिकलाई एकै ठाउँमा जोड्न सक्ने बताए

हङकङमा घरेलु कामदारको माग धेरै छः डिस्ट्रिक्ट काउन्सिलर गुरुङ

काठमाडौँ। हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको पनि बताएकी छिन् । तमु बौद्ध सेवा समितिले आईतवार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताईन

सम्वन्धित समाचारहरु