Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

समाचार


आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो

गाईजात्रा संस्कृति : दिवङ्गत आफन्तको सम्झना

१४ भदाै, काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ । काभ्रेपलाञ्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी

जुटको उत्पादन बढ्यो, मूल्य घट्यो

१४ भदौ, विराटनगर । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने गिरावट आएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९÷७० मा सात हजार चार

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रहार

१४ भदाै, एजेन्सी । उत्तर कोरियाले बुधबार पूर्वी सागरतर्फ अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सैनिक स्रोतले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाबीच जारी प्रमुख सैन्य अभ्यासका क्रममा अनिर्दिष्ट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको संयुक्त अभ्यास अभियानका प्रमुखले प्रक्षेपणको घोषणा गरेका हुन् । उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन्

रोकिराखेको बसमा आगजनी

१४ भदाै, भक्तपुर । आज बिहान मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा आगजनी गरिएको छ । कमलविनायकबाट रत्नपार्क जाने भाडाको उक्त बसमा आगजनी गरेपछि प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान

दुई थान पेस्तोलसहित माझी पक्राउ

१४ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गए राति एक जनालाई पक्राउ गरेको छ । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालले दियो मलेसियालाई ८५ रनको लक्ष्य

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । नेपालका लागि सीता

जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

१४ भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए

काठमाडाैँमा भोली सार्वजनिक बिदा

१४ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो । बुधवार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बिदा सम्बन्धी सूचना जारी गरेका थिए ।

मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्य

१४ भदौ, काठमाडाैँ । मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका

सम्वन्धित समाचारहरु