काठमाडौं। नेकपा (एमाले) का नेता बसन्त नेम्वाङ अकस्मात् बिरामी भएका छन्। नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए । उनी नेकपा (एमाले) को ताप्लेजुङ इन्चार्ज हुन्। बुधबार बिहान साढे ११ बजेतिर उनी बिरामी परेर शरीरको एक भाग नचल्ने भएको थियो । एमाले ताप्लेजुङ जिल्ला कमिटी बैठकमा सहभागी हुन पुगेका नेम्वाङ
काठमाडौं। आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालको प्लेइङ ११ अर्जुन कुमाल, विपिन रावल (विकेटकिपर), आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दीपक
काठमाडौं। ठगी गरेको आरोपमा ९ जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै, सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप
बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । उक्त निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या
काठमाडौं। युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अल आउट भयो । कर्णालीका
काठमाडौं। झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका-१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीसँग कारोबारमा संलग्न विराटनगर-१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ
काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज
काठमाडौं। नेपाल प्रहरीले १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ । उक्त जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौंमहानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । सो जिल्ला प्रहरी परिसर काठमाडौंका
धनगढी। कैलालीको अत्तरियामा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको भन्दै दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । अत्तरिया उद्योग वाणिज्य संघले गत २६ पुसदेखि ७ माघसम्म आयोजना गरेको प्रादेशिक महोत्सवमा दर्शकलाई नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो । त्यसैगरी,
प्युठान। प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) फेला परेकी छिन् । होटेल आयुष्मा नजिकै जस्ता (टिन) को छाप्रोमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ । आज बिहान करिब ७ बजेको समयमा बच्चा रोएको आवाज स्थानीयबासिन्दाले सुनेपछि प्रहरीलाई खबर गरेका थिए भ सो