गुल्मी। मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिएका छन् । परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो
एजेन्सी। उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भनेका छन् , “उत्तर कोरियाले
काठमाडौं। कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबारअपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । कतारका अमिर शेख तामिम विन हमद अल थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै छन् । मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन् । हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको समारोहमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएकोमा जोड दिएका छन् । “नेकपा
काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार हिजो प्रति तोला १ लाख ३९ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार १ सय रुपैया घटेर प्रति तोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भैरहेको
काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार (आज) काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सो जानकारी दिएका छन् । उनका अनुसार इन्जिन मर्मतका लागि इजरायलमा रहेको न्यारोबडी जहाज (नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी) आज सोमबार काठमाडौँ आइपुग्ने छ ।
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन् । ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए । “उहाँको नाममा ‘नरबहादुर कर्माचार्य
ताप्लेजुङ। आगलागीबाट ताप्लेजुङको फुङ्लिङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन गए राति फ्रान्स प्रस्थान गरेका हुन । हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६