Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

२० असार, काठमाडाैँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रधानमन्त्री दाहालको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको एमालेले प्रधानमन्त्रीको राजिनामा मागेको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति स्विकार्य

काठमाडाैँको सिडिओमा जीतेन्द्र बस्नेत नियुक्त

२० असार, काठमाडाैँ । गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत रहेका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय

टिपरले ठक्कर दिँदा एउटै स्कुटरमा सवार आमाछोरीको मृत्यु

२० असार, मोरङ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । मङ्गलबार दिउँसो इटहरीको मुख्य चोकमै ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अंशु चौधरी घाइते भएका थिए । उपचारका क्रममा सरिताको

ललितपुर महानगरका ६० हजार घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा

२० असार, ललितपुर । ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ । भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय

प्रदेश सरकार र विपक्षीबीच सहमति: आजदेखि बैठक सञ्चालन हुने

२० असार, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो । यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दलले

१० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्रबैंक

२० असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको

गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

२० असार, दाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप यो कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका

गैँडा मारेको अभियोगमा तीन जना पक्राउ

२० असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो

फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि प्रधानमन्त्री मोदी

२० असार, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् । समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति, बोलायो संसदीय दलको बैठक

२० असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउसो १.३० बजे बस्नेगरी एमालेले बैठक बोलाएको बताइएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ । यसै अभिव्यक्तिलाई लिएर एमालेले 

सम्वन्धित समाचारहरु