३१ श्रावण, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् । भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक
३१ श्रावण, काठमाडाैँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी
३१ श्रावण, एजेन्सी । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको
३१ श्रावण, सप्तरी । सप्तरीकाे विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । बुधवार (आज) बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपियाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको
३१ श्रावण, काठमाडाैँ । नेपाल टेलिकमले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा नेपाल टेलिकमले त्यति नाफा कमाएको हो । तर, टेलिकमको नाफा अघिल्लो आवको तुलनामा भने घटेको छ । टेलिकमले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको भन्दा टेलिकमको नाफा ७.८७ प्रतिशतले
३१ श्रावण, लिबिया । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् । सन् २०११ कर्णेल मौमर गद्दाफीलाई अपदस्थ गरेपछि सत्ताका लागि सङ्घर्षरत प्रभावशाली ४४४ ब्रिगेड र अल–रदा बीचको झडप सोमबार
३१ श्रावण, मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् । जिल्लाको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको मृत्यु भएको छ । मकवानपुर र बाराको सिमानामा अवस्थित बकैया गाउँपालिका–१ धियालको विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ढुङ्गाले थिचेर ज्यान गएको
३१ श्रावण, काठमाडाैँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो । योग्यता पुगेका नागरिकहरूले आगामी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।
३१ श्रावण, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै
३१ श्रावण, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३