Trending
>>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्न आगामी मंसिरमा एकमहिने संवाद अभियान सञ्चालन गर्ने बताएका छन् । पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले वर्षौँदेखि काँग्रेससँग जोडिएका तर पछिल्लो समय पार्टीलाई मतदान नगरेका मतदातासँग संवाद गर्नुपर्ने बताएका हुन् । मतदाताले काँग्रेसलाई मत नदिनुको

‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने

काठमाडौँ ।काठमाडौं महानगरपालिकाले यही कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी प्रमुख आकर्षकको रुपमा सहभागि हुने जनाएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं फिल्म फेस्टिबलकी निर्देशक आयुशा श्रेष्ठले फेस्टिभलमा नेपाली तथा

‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’

काठमाडौँ ।अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण राजधानीमा चलिरहेको छ । एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ । एनपिएल अन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनौ खेलाडीहरु नेपालमा आएका छन्, उनीहरुको बसाइँ ठूलाठूला होटलमा भइरहेको छ । यसले होटल पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ

सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी

काठमाडौँ ।उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा सुखद् शुरुवात गरेको छ । कीर्तिपुरमा सोमवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले हराउँदै एनपिएलको तेस्रो सिजनमा सुखद् शुरुवात गर्यो । सुदूरपश्चिमले लगातार दोस्रो भेटमा लुम्बिनीसँग खराब प्रदर्शनसहित हार बेहो¥यो

तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौं। नेपालको बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तानले विपक्षी टोली

नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज

काठमाडौं। तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिगमध्ये एक बनिसकेको छ । एनपिएलको पहिलो र दोस्रो संस्करणले पाएको सफलताले नेपाली क्रिकेटको विकास, खेल पूर्वाधारमा लगानी बढ्नुका साथै आर्थिक गतिविधिको विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ । नेपाल प्रिमियर लिगले नै नेपाली क्रिकेटको जग बलियो

नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु

काठमाडौं। नेपालमा भारतीय पर्यटकको आगमन बढाउने र भारतमा नेपाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट कार्यक्रम शुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमको भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो–नेपाल टुरिजम

एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता

काठमाडौं। पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमवार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन्

ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे

काठमाडौं। ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा जित हासिल गरेका छन् । तर प्रतिष्पर्धी तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गर्दै चुनाव रद्ध गर्न माग गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आइतबार राति सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार

संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता

काठमाडौं। संघीय संसदका दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,

सम्वन्धित समाचारहरु