काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । बुधवार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताएका हुन् । उनले करिव ७३ किलोमिटर
काठमाडौँ।निजामती कर्मचारी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा विस्तार गरिने भएको छ । अस्पतालको नेत्ररोग विभागलाई स्तरोन्नति गर्दै शल्यक्रियासहितको सेवा विकास गर्न लागिएको हो । अस्पतालमा बुधवार आयोजित तीनदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको उद्घाटन कार्यक्रममा मुख्यसचिव गोविन्दबहादुर कार्कीले चीन सरकार, लाइफलाइन एक्सप्रेस, तियानजिन मेडिकल युनिभर्सिटी र नेपालस्थित चिनियाँ दुतावासको सहयोगमा अस्पतालको नेत्ररोग
काठमाडौँ। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन् । २०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताएका छन् ।चीन सरकारले नाकाहरूमा
काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाएका छन् । राजनीतिक नेतृत्वलाई पक्राउ
काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारका विभिन्न समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलन घोषणा गरेको छ। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा
काठमाडौं । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ। उच्च अदालत पाटनको फैसला सदर गर्दै सर्वोच्चले समितिले दायर गरेको मुद्दा दोहोर्याएर हेर्न अनुमति नदिएपछि धर्मशाला पशुपति क्षेत्र विकास कोषकै स्वामित्वमा रहने बाटो खुलेको हो। न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको जिकिर गरेका छन् । आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले उपद्रवकारीहरुले राज्यका संयन्त्र निष्क्रिय र निस्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको दाबी गरेका छन् । उनले जेन–जी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रिय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिष्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले १ मंसिर २०८३
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । आईतवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको
काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न १९ विधामा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । आन्तरीक राजस्व विभागले कर