१४ चैत्र, भक्तपुर । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ । विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण
१४ चैत्र, काठमाडाैँ । भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो । खेलको
१४ चैत्र, काठमाडाैँ । नेकपा (एमाले)का नेता डा भीम रावलले पार्टीले बस्न पाइँदैन भनेको अवस्थामा मात्र विकल्प खोज्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको भन्दै यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्ने चेतावनी दिए
१४ चैत्र, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको
१४ चैत्र, पोखरा। गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पुर्याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका
१४ चैत्र, काठमाडाैँ । १० दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णयबिना नै टुङ्गिएको हो । दलहरुले आ–आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष बैठक सकिएको जानकारी दिइएको छ । बैठकपछि सञ्जारकर्मीहरूसँग बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक दिशा तर्फ
१४ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । उनीहरू पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । एक साताअघि प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेपछि पक्राउ परेका बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई सोमबार
१४ चैत्र, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । पटकपटक अनुगमन गरी कारबाहीको चेतावनी दिँदै आए पनि उद्योगले अटेर गरेपछि बाध्य भएर महानगरपालिकाले सिर्सिया नदी प्रदूषित पार्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया थालेको हो । यसैक्रममा तराईवासीको महान पर्व चैती छठपूजाको बेलामा पनि बर्तालुले सिर्सिया
१४ चैत्र, एजेन्सी । उज्वेकिस्तानको समरकन्द क्षेत्रमा ग्यास विस्फोटमा परी घाइते चारजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्। आगो बाल्ने भट्टीको अनुचित प्रयोगका गर्दा समरकन्दको कट्टाकुर्गन जिल्लाका वृद्ध दम्पती र उनीहरूका दुई नातिनातिना मार्च १७ मा आगोले जलेर घाइते भएका थिए । उनीहरूको अस्पतालमा सघन उपचारका क्रममा मृत्यु
१४ चैत्र, काठमाडाैँ । सरकारले मिटरब्याजलाई अपराधको रूपमा व्याख्या गर्ने गरी कानुन संशोधन गर्ने भएको छ । मङ्गलबार प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानुनमा समावेश गर्ने निर्णय गरेको हो । यसअघि मिटरब्याजमा ऋण दिनेहरूलाई कारबाहीका लागि खास कानुन नहुँदा समस्या भएको थियो । अब,