Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

२५.६६ अङ्कले बढ्यो शेयर बजार


२३ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको छ ।

आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय ३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ५६ दशमलव ९४ अङ्कले बढेको छ ।

बैंकिङ समूह एक दशमलव ८०, विकास बैङ्क २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी शून्य दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह तीन दशमलव ९५ अङ्कले बढेको छ ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को शेयर मूल्य तीन दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको नौ करोड ६८ लाख ७२ हजार चार सय ३३ बराबरको दुई लाख ८४ हजार नौ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?