९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुजस्तो प्रधानमन्त्री सितिमिति नभेटिने टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बैठकमा आज प्रश्नहरूको उत्तर दिँदै उनले सरकारको नीति तथा कार्यक्रम जनमुखी भएको बताउँदै यसको विरोध गर्नु पर्ने कारण नै नरहेको बताएका छन् । उनले यस नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षका मुद्दाहरू समेटिएको
९ जेठ, काठमाडाैँ । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ । केन्द्रले कालोसूचीमा पर्नेको
९ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् । राष्ट्रपति पौडेलले आज वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरी कार्यभार तोकेको
९ जेठ, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा
९ जेठ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतका अधिकांश मन्त्रीको टोलीले आयोगका उपाध्यक्ष श्रेष्ठसँग आयोगको सचिवालय सिंहदरबारमा भेटवार्ता
९ जेठ, काठमाडाैँ । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु
९ जेठ, काठमाडाैँ । यसवर्षको मनसुन सुरु हुन लागेसँगै मनसुनजन्य दुर्घटनाको न्यूनिकरणमा समयमै सरकारको ध्यान जानुपर्नेमा सदनमा आवाज उठेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले विपद्जन्य घटना हुनै नदिनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, “मनसुन सक्रिय हुन थालेपछि पहाडमा पहिरो र बाढी तथा तराईमा डुबान हुने
९ जेठ, बागलुङ । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पुर्याएको घर बनाउनका लागि प्राप्त हुने राहत रकम घर बनाइसक्दा समेत पाउन नसकेका हुन्
९ जेठ, काठमाडाैँ । कुमारी बैंकले ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । शशी कार्कीको नाममा रहेको उक्त शेयर बैंकले बिक्री गर्न लागेको हो । तर, उक्त शेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले खरिद नगरेमा मात्रै सर्वसाधारणका लागि बिक्रीका लागि
९ जेठ, धरान । नविल बैंकका ग्राहकको खाताबाट पैसा चोरी भएको छ । बैंकको धरान शाखाबाट २ ग्राहकहरूको पैसा चोरी भएको हो । उक्त शाखामा सारदा राई र श्याम थुलुङले खातामा जम्मा गरेको रकम हराएको जानकारी दिइएको छ । सारदा राईको खाताबाट ६६ हजार ३५० रुपैयाँ र श्याम थुलुङको खाताबाट