९ जेष्ठ ,काठमाडौँ । डा सिके रावतले नेतृत्व गरेको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो
९ जेष्ठ ,गलेश्वर । गत साता आएको भीषण असिना पानीले क्षति पुर्याएको खाद्यान्न, तरकारी र फलफूल खेतीको अनुगमन गर्न र किसानका समस्या बुझ्न पश्चिमी म्याग्दीका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका छन् ।असिनाको मारमा परेका किसानको समस्या बुझ्न मङ्गला र मालिका गाउँपालिकाका कृषि प्राविधिक र जनप्रतिनिधि किसानका खेतबारीमा पुगेका
९ जेष्ठ ,काभ्रे । पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् । छ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले रु चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक
९ जेष्ठ ,काठमाडौँ । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११
९ जेष्ठ ,पाटन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताएकि छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताईन् । “व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन
९ जेठ, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो
९ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब
९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको समाना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताएका छन् । यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०÷८१ का लागि नेपाल सरकारको
९ जेठ, हेटाैँडा । बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा मन्त्री लामाले उद्यम प्रवद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम
९ जेठ, काठमाडाैँ । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८