Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पब्जी टोली मकाउ प्रस्थान


७ असार, काठमाडाैँ । पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली बिहीबार मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र सदस्य अञ्जन धमलाले बिहीबार आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र सङ्गीन भट्टराई (साङ) रहेका छन् ।

एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताए ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?