२१ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि संसद् बैठक स्थनगन गरिएको हो । नागरिकता
२१ जेठ, ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हबल्दार दीपक शाह शङ्कर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ
२१ जेठ, काठमाडाैँ । समीक्षा अधिकारी र गोकुल खरेलको स्वर रहेको ‘ए सुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इन्जिनियर सागर खरेलका शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदूरपश्चिमको मौलिक भाषामा आधारित
२१ जेठ, काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालका बुबाको निधन भएको छ। उनका ९७ वर्षीय बुबा जगन्नाथ भुसालको आज बिहान निधन भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।
२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न सक्ने सुविधा ल्याएको छ । ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ नाम दिइएको उक्त प्याकेजको खरिदमा प्रयोगकर्ताले त्यससँगै अन्य नेटवर्कमा एक सय मिनेट कल र कम्पनीकै नेटवर्कभित्र १५० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराएको छ
२१ जेठ, एजेन्सी । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दैघाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना
२१ जेठ, काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालाे लागेकाे छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
२१ जेठ, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको
२१ जेठ, पाल्पा । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ । सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै
२१ जेठ, एजेन्सी । चीनमा नविकरणीय ऊर्जा सवारी साधनको खुद्रा विक्री मे महिनामा वार्षिकरूपमा ८२ प्रतिशतले बढेको पाइएको छ । चाइना प्यासेन्जर कार एसोसिएसनको पछिल्लो तथ्याङ्कले सो विवरण देखाएको छ । विवरणअनुसार मे १ देखि २८ सम्मको अवधिमा चीनमा कुल ४८३, ००० वटा त्यस्ता सवारी साधन विक्री भएको थियो । यसैबीच,