२ असार, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । सरकारमा रहेका र सरकार बाहिर रहेका कम्युनिष्ट दलबीच यही असार ४ गते कार्यगत एकता हुन लागेको उनले बताए । समाजवादी प्रेस
२ असार, काठमाडाैँ । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षिया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्कीपक्स भाइरस ज्वरो आएको बेला बढी सङ्क्रमण हुने जानकारी दिए।
२ असार, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ। गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्।
२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक यात्राको दाैरान कहिल्यै झुटो नबोलेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५८ वर्षको राजनीतिक जीवनमा बोलेका कुरा कुनै झुटमा आधारित र झुटो कुरा पुष्टि भए जवाफ दिन तयार रहेको बताएका हुन्
२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् । सो
२ असार, पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो र दोस्रो प्याकेज(चरण)को निर्माण सुरु भएको छ । पहिलो चरणप्याकेजअन्तर्गत सिसाघाटदेखि चिन्तुटार र दोस्रो प्याकेजमा गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्ध लगाउने काम भइरहेको छ । अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३, ७ र
२ असार, एजेन्सी । पश्चिमी युगान्डाको एक विद्यालयमा एलाइड डेमोक्रेटिक फोर्सका सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। आइएसआइएससँग सम्बन्ध रहेको एडिएफका सशस्त्र विद्रोहीहरूले शुक्रबार राति प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँगको देशको सीमामा रहेको लुबिरिरा माध्यमिक विद्यालयमा आक्रमण गरेको प्रहरीले जनाएको छ। युगान्डा प्रहरी
२ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । भोली देखी सुरु हुन लागेको अनिश्चतकालिन बन्द अघि मेयर शाहले सो चेतावनी दिएका हुन । ‘काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्रको अवधारणा विपरीत हुने गरी कुनैपनि कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सवैलाई जानकारीका
२ असार, हेटाैँडा । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ । आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
२ असार, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ । पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण