१४ असार ,कास्की । पुष्पलाल–मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा पहिराले गर्दा दैनिक सडक अवरुद्ध हुँदै आएको छ । साविक धौलागिरिका चार जिल्लासहित सोही राजमार्ग हुँदै पूर्वी रुकुम र रोल्पासम्म पुग्ने नागरिक छिनछिनमा खस्ने पहिराले सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् । एकतर्फीरूपमा मात्र यातायात सञ्चालन गरिँदै आएको साँघुरो सडकमा
१४ असार ,बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक छेउमा साइड दिने क्रममा जीप
१४ असार ,काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ । यस्तै माल्दिभ्स
१४ असार ,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताएका छन् । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सको आज उद्घाटन गर्दै उनले राज्यको लगानीमा जनताका छोराछोरीलाई चिकित्सा अध्ययन गराउन र स्वास्थ्य सेवामा पहुँच वृद्धि गराउनका लागि विषेश महत्त्व राख्ने
१४ असार ,काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रका लागि भएका राजनीतिक आन्दोलनपछिको परिवर्तन केबल सुरुआत मात्र भएकाले यसलाई रुपान्तरणको चरणमा लानुपर्ने बताएकि छन् । मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले पर्याप्त परिवर्तनलाई सुधार र रुपान्तरणका सम्भावना बाँकी नै रहेकाले जनताका बीचमा गएर
१४ असार ,काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका
१४ असार ,लुम्बिनी । रुपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ गरी सार्वजनिक
१४ असार ,छेन्दु (चीन) । जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आज आयोजना गरेको रात्रिभोजमा सहभागी भए । उनको सम्मानमा होटल जिन जियाङमा रात्रिभोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युष्टि पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो
१४ असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिका–३ पहिरो प्रभावित क्षेत्र ज्योतिनगरमा आज वृक्षरोपण गरिएको छ । ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रमा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वृक्षरोपणको सुरुआत गरी एक हजार तीन सय बिरुवा लगाउने बताए । उनले ज्योतिनगर क्षेत्रको पहिरो प्रभावित क्षेत्रलाई सुरक्षित बनाउनका लागि उपमहानगरपालिकाले ग्याबिन जाली लगाउने, कल्भर्ट
१४ असार, पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताए । महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क