Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

स्वास्थ्य मन्त्रालयको फेक वेबसाइट बनाएर कोभिड-१९ खोपको नक्कली प्रमाणीकरण


१५ श्रावण, काठमाडाैँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ ।

अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, “मन्त्रालयको वेबसाइटसँग मिल्दोजुल्दा वेबसाइट बनाई खोप प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ, हामीले त्यसरी खोप प्रमाणीकरण बनाएको खोजी गरिरहेका छौँ ।”

मन्त्रालयको वेबसाइट दुरूपयोग गरी विदेश जाने मानिसलाई क्युआर कोड बनाई ठगी भइरहेको विभिन्न माध्यमबाट मन्त्रालयमा जानकारी आएको भन्दै सम्बन्धित पक्षलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

उनले सरकारले नेपालमा यात्रा गर्न कोभिड–१९ पिसिआर परीक्षण र कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणसम्बन्धी अनिवार्य व्यवस्था हटाइसकेको जानकारी दिएयो । यस्तै विदेश यात्रा गर्नका लागि पनि कतिपय देशले क्युआर कोड हटाइसकेको उनले बताए ।

 


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?