Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, १६ जनाको मृत्यु


१५ श्रावण, एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रस्थित बजौर जिल्लामा एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

घटनाको पुष्टि गर्दै खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरले एएफपीसँग भने, “पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रम थियो, तर उहाँ आउनुअघि बम विस्फोट भएको थियो ।”

अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको अनुमान प्रहरीको प्रारम्भिक अध्ययनबाट देखिएको उनले बताए ।

जिल्लाका वरिष्ठ प्रशासन अधिकारी अनवर उल हकले समाचार तयार पार्दासम्म मृतकको सङ्ख्याबारे अझै आधिकारिकरूपमा जानकारी आइनसकेको बताएका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?