२७,असार ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिए । उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन
२७,असार ,काठमाडौँ । देशका विभिन्न भागमा दलितमाथि भएका दुव्र्यवहार र अत्याचारका घटनाप्रति मानव अधिकार तथा शान्ति समाज काठमाडौँले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । देशका विभिन्न भागमा दलितमाथि भएको दुव्र्यवहार र अत्याचारका घटनाका सन्दर्भमा चासो व्यक्त गर्दै शान्ति समाजको काठमाडौँ शाखाले जातीय छुवाछूतविरुद्ध सामाजिक अभियान चलाएको हो । शान्ति
२७,असार ,सुर्खेत । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बुधबार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका
२७,असार ,काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्म पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गरेको छ । फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज जारी गरेको वक्तव्यमा दाहालको असामयिक निधनको खबरले
२७ असार, काठमाडाैँ । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै
२७ असार, काठमाडाैँ । बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । ‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक
२७ असार, एजेन्सी । नगद सङ्कटमा परेको पाकिस्तानलाई साउदी अरबले दुई अर्ब अमेरिकी डलर प्रदान गरेको छ । विदेशी मुद्रा सञ्चिति निरन्तर घटेर जटिल आर्थिक परिस्थितितर्फ उन्मुख भएको पाकिस्तानलाई मङ्गलबार साउदी अरबबाट दुई अर्ब डलरको निक्षेप प्राप्त भएको हो । देशको आर्थिक सङ्कटबाट जोगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग यसै महिना नयाँ
२७ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता
२७ असार, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८९ कम्पनीका ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर रू तीन अर्ब
२७ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाललाई दागबत्ती दिएका छन् । हिन्दु संस्कार अनुसार भइरहेको अन्त्येष्टीमा पशुपति आर्यघाटमा पत्नी सीतालाई दागबत्ती दिएका हुन् । दाहसंस्कारअघि ब्रह्मनालमा राखिएको सीताको शवमा प्रधानमन्त्री प्रचण्डसहित उनका छोरी रेणु, गंगा, बुहारी सिर्जना त्रिपाठी र बिना मगर तथा नाती, नातिनीहरूले पनि सीतालाई श्रद्धाञ्जली