काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन् । धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा
काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको उनले बताएका हुन् । शाक्यकाअनुसार
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपद् जोखिम न्युनिकरण र श्रोतहरुको दिगो उपयोगमा प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनप्रति अत्याधिक संवेदनशील देशको रुपमा नेपाल रहेको बताए । उनले सार्वजनिक संस्थानहरुको सुदृढिकरण, जवाफदेहिता र
काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले विगतमा प्रतिपक्षी भुमिकामा रहेकाहरुको प्रभावमा परेर अहिलेको प्रतिपक्षले संसद अवरोध गरेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले विगतमा प्रतिनिधि सभामा नेकपा एमालेले नौ महिनामा ५८ वटा र नेपाली काँग्रेसले २ महिनामा २२ वटा बैठक अबरोध
काठमाडौँ। २०८१ पुसदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाकाअनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४
काठमाडौँ। राष्ट्रिय सभा सांसद घनश्याम रिजालले पत्रकारविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गर्नुले प्रेस काउन्सिलको क्षेत्राधिकार मिचिएको टिप्पणी गरेका छन् । अदालतले नै पक्राउ पूर्जी जारी गर्नु र प्रकाशित/प्रसारित समाचार हटाउन र समाचार नलेख्न दिएको अल्पकालिन आदेश दिनु दुःखद् भएको बताए । उनले अदालतको आदेशले क्षेत्राधिकार मिचिएकोले यस्ता विषयमा राज्यका अंग
काठमाडौँ। राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले भिजिट भिषा प्रकरणले विश्वसामु नेपालीको शिर निहुराएको बताएकी छिन् । शुक्रवार राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले यस्तो बताएकी हुन् । उनले त्रिभूवन विमानस्थल अध्यागमनदेखि मन्त्रालयसम्मका कर्मचारीहरु छानविनमा तानिएकाले त्यसको छानविनका लागि उच्चस्तरीय समितिको माग गरिएको बताईन् । भिजिट भिसा प्रकरणले विश्वसामु
काठमाडौँ। सभामुख देवराज घिमिरेले सूचना, वाक स्वतन्त्रता र प्रेसलाई व्यवहारिक बनाउन संसदमा कानून निर्माण भइरहेको बताएका छन् । ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाको हक, वाक स्वतन्त्रताको हक, प्रेसलाई व्यवहारिक बनाउन अहिले पनि केही कानूनहरु संसदमा छलफलका क्रममा रहेको जिकिर गरे ।
काठमाडौँ। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की भएको छ । बिहीवार सिंहदरबारमा बसेको समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणको विषय प्रवेश गराएपछि सांसदहरुबीच नोकझोक भएको हो । सांसद पराजुलीले शुरुमा द्विपक्षीय श्रम सम्झौता
काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादले नेपालका महत्वपूर्ण एजेण्डाहरूलाई विश्वमाझ नक्शाङ्कन गर्न सकेको बताएकी छिन् । वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गर्न शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सगरमाथा संवादका परिणामहरूलाई कोप