Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


अनुदानको प्रभावकारिता अध्ययन गर्न बाराकोटीको संयोजकत्वमा समिति

काठमाडौं । ग्लोवल फण्डको अनुदान सहायतामा सञ्चालन भइरहेका क्षयरोग, मलेरिया र एचआईभी तथा एड्स उपचार, रोकथाम र नियन्त्रण सम्बन्धी कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.टंक वाराकोटीको संयोजकत्वमा ९ सदस्यिय कार्यसम्पादन मूल्यांकन समिति गठन गरेका छन् । मन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य

प्रचण्ड भन्छन – ‘कोसीमा कांग्रेसबाट धोका भयो,समीक्षा हुन्छ !’

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए ।

सुन तथा चाँदीका विभिन्न गहना र नगद चोरी

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ मराम्ची बस्ने सुकुमान दोर्जेको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । २ बालकले खेल्ने क्रममा लाइटर बाल्दा आगलागी भएको बताइएको छ । आगोले पोलेर घाइते भएका २ बालकलाई मेलम्ची नगर अस्पताल पठाइएकोमा थप उपचारको लागि कीर्तिपुर

मृत अवस्थामा फेला

झापा । झापा गाउँपालिका-६ दुर्गा चोकस्थित मकै बारीमा सोही गाउँपालिका-६ मिलन चोक बस्ने ३० वर्षीय रोहित बहादुर कटवाल आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । प्यूठान, माण्डवी गाउँपालिका-१ देविस्थान डाँडास्थित सडकमा रा.१ क ७७३ नम्बरको जेसीबीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीय ठग बहादुर घर्तीको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, महाराजगंज नगरपालिका-११ बढेगाँउस्थित सडकमा हाल नम्बर नखुलेको अटो र लु.५६ प ४८९९ नम्बरको

१ सय १८ किलो गाँजा बरामद

सुनसरी । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट अवैध लागूऔषध गाँजा १ सय १८ किलो आइतबार राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । काठमाडौं, शंखरापुर नगरपालिका-७ साँखुस्थित सोही नगरपालिका-१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रूपैयाँ र १ बुक

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ६ मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-९ शंकरपुर बस्ने ३३ वर्षीय जनक सापकोटा र सोही नगरपालिका- ८ बडयापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका

प्रहरी सेवा संवेदनशील र चुनौतीपूर्ण पेशाः महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई

सम्वन्धित समाचारहरु