Trending
>>   श्रीमानले गजबार प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु >>   भारतमा कारखानामा भएको विस्फोटमा ८ जनाको मृत्यु >>   कैलालीमा विवादको क्रममा भाइले गरे आफ्नै दाइको हत्या >>   अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्यायौँः अर्थमन्त्री पौडेल >>   ट्रम्प चीनसँग मिलेर काम गर्न इच्छुक >>   सात एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक >>   हमासद्वारा दोस्रो चरणमा चार इजरायली वन्धकहरू रिहा >>   आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची >>   काँग्रेस संसदीय दलको बैठक बस्दै >>   पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
Logo
१३ माघ २०८१, आईतवार
१३ माघ २०८१, आईतवार

समाचार


सुरूवाति ३ ओभरमै नेपालका २ विकेट पतन

२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ३११ रनको लक्ष्य पछ्याएको नेपालको २ विकेट पतन भएको छ । सुरूवाती तीन ओभरमा नै नेपालका २ विकेट पतन भएको हो । जुनैद सिद्धकीको बलमा कुशल मल्ल कभर क्षेत्रमा क्याचआउट भएका छन् । उनले ५ रन बनाएका थिए ।

२० वर्ष पुगेपछि विवाह गरे १० हजार पुरस्कार

२ चैत्र, कालीकोट।  कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । बालविवाहका घटना बढ्दै जान थालेकाले

नेपाललाई युएईले दियो जितका लागि ३११ रनको विशाल लक्ष्य

२ चैत्र, काठमाडाैँ । जारी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाउँदै निर्धारित ५० ओभर खेल्दै ३१० रन बनाएको हो । युएईका लागि आसिफ खानले ४१ बलमानै शतक प्रहार गरेका थिए । उनी

उत्तर कोरियाद्वारा पुनः लामो दूरीको मिसाइल प्रक्षेपण

२ चैत्र, एजेन्सी । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा

बढ्यो दूधको मूल्य, निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँले महँगियो

२ चैत्र, काठमाडाैँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो । संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको राससलाई जानकारी दिए

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

२ चैत्र, काठमाडाैँ । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

२ चैत्र, काठमाडाैँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना

प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्ने : विमलेन्द्र निधि

२ चैत्र, ललितपुर। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । बिहीबार उनले नेपाली काँग्रेस ललितपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी पनि एमालेसँगको गठबन्धनबाट टाढिएको बताए । उनले गठबन्धनमा पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुने र त्यसपछि माधव नेपाल हुने बताउँदै अन्तिममा शेरबहादुर देउवा हुने

बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

२ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारी हटाउँदै

२ चैत्र, एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।

सम्वन्धित समाचारहरु