काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यस्तै, गाई भैँसीको
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ । उक्त अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउदै संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान
काठमाडौं। एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिए। उनले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको
मान्म,कालीकोट। कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ । त्यसैगरी, पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको
मनाङ। हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन, तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ । बुधबार साँझदेखि यहाँ
काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक स्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ । उक्त विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्त्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए। प्रदर्शनीमा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकि दिएको छ, तर बिरामीको उपचार जस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क तोकेको छैन । शुल्क नतोकिएका कारण
गोदावरी, ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक चौथौ दिन बिहीबार पनि जारी नै छ । उक्त बैठक अहिले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको प्रतिवेदन उपर छलफल भइरहेको प्रचार प्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तै, बुधबार रातीसम्म महासमिति सदस्यहरुले आफ्नो धारणा राख्ने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या पनि बर्सेनि बढिरहेको छ । उक्त विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ भने सो विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा
काठमाडौं। तीन म्याचको सिरिज जित्न नेपाल ‘ए’ ले क्यानडालाई १८२ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मुलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ४६.६ ओभरमा १८१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालको सुरुवात भने राम्रो थियो । अर्जुन कुमाल र आशुतोष