पोखरा । पोखराको बिरौटाको एलपी देवकोटा स्कुलको बस सोमबार बिहान मट्टीखान जाने बाटोमा सडकबाट पल्टिएको छ । बसमा २४ जना सवार बसमा २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइते एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ । यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित
उदयपुर। त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेरी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन्। जिविसले वि.सं. २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो। तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरपालिका र पश्चिमी भेगमा बजार रहेको कटारी नगरपालिकामा घडेरी बिक्री गरिएको थियो। ‘लालपुर्जा नभएपछि
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ । आजको बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको प्रधानलाई त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी
काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने नेपाल रुकुम बाफीकोटका ३० वर्षीय दीपक वलीको तीन जना लुटेराको समूहले गोली हानी हत्या गरेको हो । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा
काठमाडौँ। सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्दैछ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको बताइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार
काठमाडौँ । सिमलाताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा डिलक्स बस र यात्रु खोज्न भारतबाट आएको विशेषज्ञ टोली फर्किएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे पनि बस र यात्रु फेला परेनन् । भारतबाट आएका ४ जना गोताखोरसहित १२