ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् भने ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले
लिस्बन,पोर्चुगल। उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण(३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो । त्यस्तै, गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैँ सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरू पनि आफैँले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।
काठमाडौं। राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उक्त जनप्रदर्शनका क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू हुनेछन् । त्यस्तै, व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र
मुम्बई। बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् । सो विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । उनीहरूले तस्बिर समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् भने सार्वजनिक तस्बिरमा विवाहित जोडीले
काठमाडौं। ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । उनले पहिलो दिन सभाहल सम्मेलनको दृश्य खिच्दै सुटिङ सुरु भएको जानकारी दिएका छन् । त्यसैगरी, मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र लामो समयपछि फिल्ममा पुनरागमन गरेका पाका अभिनेता टीका पहारीले पहिलो दिन
काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरूलाई सुझाव दिएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरूको अनुगमनका क्रममा सुझाव दिँदै महानगरका अधिकारीहरूले अहिलेको अनुरोधलाई सुधारको मौकाका रूपमा लिन आग्रह गरेका छन् । त्यसैगरी, २५ वेडको अस्पतालमा कति फोहोर उत्पादन हुन्छ भनेर
काठमाडौं। नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षकको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको काज सरुवा गरेको प्रहरी प्रवक्ता (डिआइजी) भीम ढकालले बताएका छन् । प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यस्तै, गाई भैँसीको
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ । उक्त अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउदै संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान