धनुषा । निर्वाचनको मौन अवधि शुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ । प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिनुभएको हो । गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको
काठमाडौँ । उपत्यकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो । आईतवार, सोमवार पम्पहरुमा इन्धन भर्नेहरुको भीड रह्यो । इन्धन भर्न केही
काठमाडौँ । दैनिक ५ हजार सबारी लाइसेन्सको माग हुने गरेको छ । यातायात व्यवस्था विभागकाअनुसार यसअघि आवेदन दिइसकेका २५ लाख सेवाग्राहीलाई लाइसेन्स दिन बाँकी रहेको छ । अहिले अत्यावश्यक भएकालाई प्राथमिकतामा राखेर तत्काल लाइसेन्स उपलब्ध गराउने गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भयो । उहाँकाअनुसार विभागमा दैनिक करिब ६ सय
काठमाडौँ । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था
जनकपुरधाम। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि शुरु हुने माध्यमिकी यात्रा केवल शारीरिक पदयात्रा मात्र नभई एक गहिरो आध्यात्मिक अनुभव पनि हो । श्रद्धालु भक्तजनहरूकाअनुसार यो परिक्रमाले जीवनमा सफलता र मानसिक शान्ति प्रदान गर्दछ । परिक्रमाको इतिहास केलाउँदा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ ।
एजेन्सी । पाकिस्तानमा आईतवार अमेरिका–विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ । अन्य १०० भन्दा बढी घाइते भएका छन् । कराचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दुतावास बाहिर प्रहरीसँग झडप गरेका थिए । प्रदर्शनकारीहरू दुतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि सुरक्षा बलले कारबाही गरेको रेस्क्यु ११२२ सिन्धकाअनुसार बताइएको छ । घाइतेहरूलाई नजिकैका
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी
काठमाडौँ । बिहानीको कलिलो घामले सडकलाई स्पर्श गर्दा, कालो पत्रे सडक आज अलि फरक देखिन्छ । मानौं, यो कुनै महान चित्रकारको खाली क्यानभास हो । जो रङहरूको पहिलो थोपाको प्रतिक्षामा छ । हावामा एउटा छुट्टै सुगन्ध छ—अबीरको धुलो र भर्खरै फुलेका फूलहरूको सम्मिश्रण । यो रातो रङ प्रेमको हो, पहेंलो
काठमाडौँ । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो । न्युज एजेन्सी नेपालसँग