Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाचार


गायक पशुपति शर्मा चढेको कार दुर्घटना

काठमाडौं। गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किदा शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ भने कारमा सवार अन्य ४ जनालाई सामान्य चोट लागेको प्रहरीले बताएको

युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१५ बस्ने म्याग्दी मंगला गाउँपालिका-४ घर भएका ३६ वर्षीय नर बहादुर बुढाथोकी र काठमाडौं टोखा नगरपालिका-२ बस्ने पाँचथर फिदिम नगरपालिका-१ घर भएका ४६ वर्षीय

चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु

चितवन । भैरवपुरमा  करिब २० वर्षको भाले गैँडा करेन्ट लागेर मरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान ९ः३० बजे गैँडा धानबारीमा मरेको अवस्थामा भेटिएको थियो ।

कटुवा पेस्तोल सहित तीन जना पक्राउ

सिराहा। नरहा गाउँपालिका-३ खोरियाटोलबाट कटुवा पेस्तोल १ थान सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुबनी बेल्हीपुर्वी पच्चायत झौली टोल बस्ने १९ वर्षीय ऋषि नाथ, छारापट्टी कमलाबारी बस्ने २० वर्षीय ओम शंकर यादव र कमलाबारी फुलकाहा बस्ने १९ वर्षीय आकाश कुमार मण्डल रहेका छन्

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने :मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेस गर्ने बताएका छन् । मन्त्री पाण्डेका अनुसार यसअघि ४७ औँ बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन सकेन । बुधबार

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री ओली र आयोजक राष्ट्र तुर्कमेनिस्तानका राष्ट्रपति बीच आज दुईपक्षीय भेटवार्ता भएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा तुर्कमेनिस्तानका राष्ट्रपतिसँग भेट गरेका हुन्। प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै १८ साउन मध्यराति त्यसतर्फ गएका थिए । साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् ।

३८ हजार नक्कली नोटको कारोबारमा २ जना पक्राउ

विराटनगर । भारतबाट नक्कली नोट नेपाल लिएर आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट पक्राउ परेका हुन् । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली १ हजार रूपैयाँ दरका ३८ थान

मौसम : यी प्रदेशमा आज मुसलधारे भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहनेछ ।

आज मिति २०८२ साल साउन २१ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २१ गते बुधबार (06 Aug, 2025) श्रावण शुक्लपक्ष,द्वादशी, १२:४४ बजेपछि त्रयोदशी मेष:आजको दिन मेष राशिका लागि धैर्य र संयमता आवश्यक देखिन्छ। कार्यक्षेत्रमा सानातिना चुनौतीहरू आउन सक्छन्, तर तपाईँको धैर्य र समझदारीले तिनीहरूलाई सहजै पार गर्न सक्नुहुनेछ। आर्थिक मामिलामा अनावश्यक खर्च नियन्त्रणमा राख्नु पर्नेछ। पारिवारिक सम्बन्धमा

सम्वन्धित समाचारहरु