Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


नेपाल टेलिकमले हरायो ५० रूपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड

२४ श्रावण, काठमाडाैँ । नेपाल टेलिकमले दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत

रुसका वाग्नर सैनिकले नाइजरमा अस्थिरताको फाइदा उठाए : अमेरिकी विदेशमन्त्री

२४ श्रावण, वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताएका छन् । यसै सन्दर्भमा उनले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गरेका छन् । मंगलबार गरिएको बीबीसीसँगको अन्तर्वार्तामा मन्त्री ब्लिन्केनले जुनमा राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा छायापूर्ण विद्रोह गर्ने वाग्नरले नाइजेरियाली सेनाले जुलाई

युक्रेनले परीक्षण गर्यो घरेलु टोही ड्रोन

२४ श्रावण, एजेन्सी । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

त्रिवि सेवा आयोगको अध्यक्षका लागि दरखास्त आह्वान

२४ श्रावण, काठमाडाैँ । एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।

भारी वर्षाको सम्भावना

२४ ,श्रावण ,काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण

गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा

२४ ,श्रावण ,गण्डकी । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण

देश विकासमा आदिवासी जनजाति समुदायको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख गुरुङ

२४ ,श्रावण ,गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राजनीतिक परिवर्तनसँगै देश निर्माणमा आदिवासी जनजाति समुदायको योगदान महत्त्वपूर्ण रहेको बताएक छन् । उनान्तीसौ विश्व आदिवासी दिवस (अगष्ट ९) को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपाली राष्ट्रियतालाई सुदृढ बनाउन, जातीय सद्भाव र आदिवासी जनजाति समुदायको सहिष्णुता कायम राख्न यो समुदायको

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

२४ ,श्रावण ,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो । देवघाटको जलमापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३४ मिटर पानीको सतह रहेको छ । देवघाटमा

धादिङमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

२४ ,श्रावण ,मलेखु । पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष

बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध

२४ ,श्रावण ,काठमाडौँ । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर

सम्वन्धित समाचारहरु