Trending
>>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

मुख्य समाचार


गौर घट्नाबारे उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन् । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी, कांग्रेस–एमाले हस्ताक्षर संकलनमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। त्यसका लागि दुवै दलले सांसदहरूको हस्ताक्षर संकलन सुरू गरेका छन्। सोमबार साँझ बालुवाटारमा बसेको बैठकपछि मंगलबार नै प्रक्रिया अघि बढाउने निर्णय भएको हो। उक्त छलफलमा महान्यायाधिवक्ता रमेश बडाल पनि सहभागी थिए।

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार दिउँसो १:१५ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा मन्त्रीले जवाफ दिने कार्यक्रम छ। त्यससँगै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा

अदालतको आदेश बिरुद्ध जसपा कार्यकर्ता सडकमा

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश

दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरस्थित निवासमै पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् ।

पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरु निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतिहरु चिर्दै अझ बढी शसक्त र क्रियाशिल हुन आवश्यक

मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । सोमवार मन्त्रालयमा आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा उहाँले कर्मचारीहरुले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताएका छन् । संस्थागत स्वामित्व लिएर कर्मचारीहरुले काम नगरिदिँदा धेरैजसो काममा ढिलासुस्ती हुने गरेको बताए ।

बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन्

काठमाडौँ। सरकारले बजेट कार्यान्वयन प्रभावकारी रुपमा भइरहेको दाबी गरेपनि अहिले पनि कार्यान्वयनमा गम्भीर समस्या रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघले गरेको अध्ययनअनुसार निजीक्षेत्रसँग संवद्ध बजेटमा समावेश मुख्य ६३ वटा बुँदामध्ये २७ प्रतिशत कार्यान्वयन नै नगएको पाइएको हो । गत आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन

नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पु¥याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् । सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको र आइटी बिना चल्नै

सम्वन्धित समाचारहरु