११ जेठ, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि
११ जेठ, काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास
११ जेठ, बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा
११ जेष्ठ ,काभ्रे । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको जनाइएको छ ।
११ जेष्ठ ,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताईन्
११ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ ।नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा सुरु हुने सो प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन
११ जेष्ठ ,गलकोट । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धौलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको
११ जेष्ठ ,कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।
१० जेष्ठ ,काठमाडौँ । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएका हुन् । “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान
१० जेष्ठ ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको