काठमाडौँ । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । आगलागीबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए। अहिले प्रहरीले अनुसन्धान जारी राखेको उनको भनाई छ । शुक्रबार नै विद्युत्को तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए । पानी तताउने मेसिन होला भनेर छोडेको भए पनि आज भने आगलागी भएको उनले बताए ।
प्रकाशित मिति: २६ माघ २०८१, शनिबार