Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था


काठमाडौँ । ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् ।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए। एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उहाँको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

“हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?