Trending
>>   मौसम : यी प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल फागुन २६ गते सोमबार,हेर्नुहोस् आजको राशिफल >>   कुलमानले बुझाए स्पष्टीकरण, ऊर्जामन्त्री खड्का पूर्वाग्रही भएको आरोप (पूर्णपाठसहित) >>   सीपअनुसारको रोजगारी सिर्जना गर्न आवश्यकः महामन्त्री थापा >>   रोजगारी अभिवृद्धिको विषय सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छः महामन्त्री शर्मा >>   विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले गरे स्वागत( तस्विरहरु ) >>   सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैनः उपाध्यक्ष शाक्य >>   जंगली जनावरको आतङ्क रोक्न सांसद सिंहको माग >>   वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्:माओवादी सांसद शर्मा >>   राजावादी पक्ष कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता भयो
Logo
२६ फाल्गुन २०८१, सोमबार
२६ फाल्गुन २०८१, सोमबार

प्रयागराजको महाकुम्भमा नेपाली तीर्थयात्रीलाई निःशुल्क बस्ने र खाने व्यवस्था


काठमाडौँ । ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् ।

दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए। एक सय ४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उहाँको भनाइ छ । एक दिनमा दुई सय जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।

“हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्”, उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?