Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

बाल संस्कार केन्द्रलाई जग्गादान


१८ चैत ,झापा । बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गरेका छन्‌।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ एक बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार कोशी प्रदेशमै पहिलोपल्ट हल्दिबारी–३ मा बाल संस्कार केन्द्रलाई जग्गा प्राप्त भएको हो ।

सो जग्गामा भवन निर्माण गरी प्रदेशमै नमुनायोग्य कार्य गरिने उनले बताए । अभियानले विद्यालय गइरहेका बालबालिकालाई बिहान र बेलुकाको समयमा गाउँमै संस्कार शिक्षा दिएर समाजलाई गुण लगाएको विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेलले बताए ।

अभियानका कोशी प्रदेश उपाध्यक्ष पं सोमनाथ सुवेदीले असल संस्कार सिकाउने उद्देश्य लिएको बाल संस्कार केन्द्र मुलुकको ६४ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए ।

चैत २१ गतेदेखि अर्जुनधार वडा नं ६ मा झापा र इलामका एकल विद्यालयका अध्यापकको सात दिवसीय बर्गभेला आयोजना गरियो ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?