Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

बाल संस्कार केन्द्रलाई जग्गादान


१८ चैत ,झापा । बाल संस्कार केन्द्र सञ्चालनका लागि हल्दिबारी वडा नं ३ की ईश्वरा तिवारी र खड्ग तिवारीले रु दश लाख मूल्य बराबरको एक कठ्ठा जग्गा दान गरेका छन्‌।

जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालका झापा अध्यक्ष शङ्कर भट्टराईले हल्दिबारीलगायत झापाका २५ स्थानमा हिन्दू धर्म, संस्कार र देशभक्ति शिक्षा प्रदान गर्न एक गाउँ एक बाल संस्कार केन्द्र सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार कोशी प्रदेशमै पहिलोपल्ट हल्दिबारी–३ मा बाल संस्कार केन्द्रलाई जग्गा प्राप्त भएको हो ।

सो जग्गामा भवन निर्माण गरी प्रदेशमै नमुनायोग्य कार्य गरिने उनले बताए । अभियानले विद्यालय गइरहेका बालबालिकालाई बिहान र बेलुकाको समयमा गाउँमै संस्कार शिक्षा दिएर समाजलाई गुण लगाएको विश्व हिन्दू परिषद् झापाका अध्यक्ष होमनाथ ढुङ्गेलले बताए ।

अभियानका कोशी प्रदेश उपाध्यक्ष पं सोमनाथ सुवेदीले असल संस्कार सिकाउने उद्देश्य लिएको बाल संस्कार केन्द्र मुलुकको ६४ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए ।

चैत २१ गतेदेखि अर्जुनधार वडा नं ६ मा झापा र इलामका एकल विद्यालयका अध्यापकको सात दिवसीय बर्गभेला आयोजना गरियो ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?