Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा,छुटेनन विपिन जाेशी !


इजरायल । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताउनु भयो ।

केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको लागि लगिएका अरूलाई दक्षिणी इजरायलको नेगेभ जेलबाट रिहा गरिएको थियो । रामल्लाह गभर्नरेटका प्यालेस्टिनी अधिकारीहरूले पनि रिहाको समन्वय गरेका थिए । रिहा गरिएकाहरूमध्ये १६ जना गाजा गए । प्यालेस्टिनी कैदी मामिला प्राधिकरणकाअनुसार २०० कैदीहरूमा १२१ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए । ७९ जना लामो सजाय भोगिरहेका थिए ।


प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?