Trending
>>   रवि छुटेपछि महेश बस्नेतकाे न निन्द्रा,न भाेक ! >>   रवीकाे मुद्दामा प्रभु बैंक ‘बैंक ग्यारेन्टी’ बस्नुकाे अर्थ के हाे? >>   वरिष्ठ नेताहरूलाई अनुरोध ! >>   रवि लामिछानेलाई किन संरक्षण गर्दैछ प्रभु बैंक ? >>   चितवनमा रवि लामिछाने विरूध्द मुद्दाकाे तयारीःअनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा ! >>   इजरायलद्वारा २ सय प्यालेस्टिनी कैदी रिहा,छुटेनन विपिन जाेशी ! >>   धरौटी बुझाउने आदेश बदरकाे माग गर्दै उच्च अदालत पोखरामा रवि लामिछाने ! >>   प्रचण्डले गरे तेह्रथुमको चोत्लुङ पार्कको अवलोकन >>   काठमाडौँको ईन्द्रचोकबाट ३९ लाख ७८ हजार रूपैयाँ र २ थान मोबाइल सहित एक जना पक्राउ >>   अज्ञात रोगबाट कश्मीरमा १७ जनाको मृत्यु,३ सय जना क्वारेन्टाइनमा
Logo
१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

नेपाली जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँः महासचिव चन्द


काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताएका छन् । नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको बताउदै उनले देशलाई स्वाधिन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बताए ।

उनले नेपाली जनताको पैसा, दया, माया नभइ विश्वास भए मात्रे पुग्ने र एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता गरे । कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताउदै उनले नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने बताए।

महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताए ।


प्रकाशित मिति: १३ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?