Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ


१७ चैत ,भक्तपुर । भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई हाल सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई हाल जिल्ला काठमाडौँ पेप्सीकोला बस्दै रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने ४३ वर्षीय दिलबहदुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न आठ स्थानबाट र भक्तपुरको १७ स्थानबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको उहाँनले जानकारी दिए ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?