Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्नः काँग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?


काठमाडौं   । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ । शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाजवाद निर्माणमा नलाग्ने हो भने जब्रो पड्काएर मात्रै केही नहुने बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताउनु भयो । उहाँले काँग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलाललाई सम्भिmने हो भने तत्काल समाजवाद निर्माणमा लागौँ, एकदेव आलेलाई सम्झिने हो भने तुरुन्तै समाजवाद निर्माणमा लागौँ । यदी तुरुन्तै कोही लाग्दैन भने ओठ पड्कार्ने, जिब्रो फड्कार्ने, दिनभर यहाँ बसेर कुरा गर्ने, घर गएर अरुको कमाइ खाने । तपाईं तयार हुनुहुन्छ की हुनुहुन्न समाजवाद निर्माणका लागि । आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर । तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन । चुनावमा पनि त्यही काँग्रेससित मिलेर, सरकारमा पनि त्यही काँग्रेससित मिलेर । अनि काँग्रेस के हो ? कम्युनिष्ट के हो ? भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ । त्यहाँ मिलेर आउनुहुन्छ । पाए अहिले पनि मिल्ने कोशिस छ ।’उहाँले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?