Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

माओवादी र एकीकृत समाजवादीलाई वामदेवको प्रश्नः काँग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?


काठमाडौं   । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गर्नुभएको छ । शनिवार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लागनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाजवाद निर्माणमा नलाग्ने हो भने जब्रो पड्काएर मात्रै केही नहुने बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताउनु भयो । उहाँले काँग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलाललाई सम्भिmने हो भने तत्काल समाजवाद निर्माणमा लागौँ, एकदेव आलेलाई सम्झिने हो भने तुरुन्तै समाजवाद निर्माणमा लागौँ । यदी तुरुन्तै कोही लाग्दैन भने ओठ पड्कार्ने, जिब्रो फड्कार्ने, दिनभर यहाँ बसेर कुरा गर्ने, घर गएर अरुको कमाइ खाने । तपाईं तयार हुनुहुन्छ की हुनुहुन्न समाजवाद निर्माणका लागि । आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर । तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन । चुनावमा पनि त्यही काँग्रेससित मिलेर, सरकारमा पनि त्यही काँग्रेससित मिलेर । अनि काँग्रेस के हो ? कम्युनिष्ट के हो ? भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ । त्यहाँ मिलेर आउनुहुन्छ । पाए अहिले पनि मिल्ने कोशिस छ ।’उहाँले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?