Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन


१७ चैत ,काठमाडौँ । एसइई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसइई परीक्षामा सुरक्षार्थ खटिएका उनको ड्युटीमै रहेको बेला अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।

मृतक पटेलको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

घटनाबारे परिवारजनलाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?