Trending
>>   सरकार जसको बनेपनि नेपालको वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छः महामन्त्री थापा >>   एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा >>   बढ्न थाल्यो देशभरको तापक्रम >>   आज मिति २०८१ साल माघ १० गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   कमजोर बन्दै रवि लामिछानेको मुद्दा: बलियो प्रमाण भएकाे भनिएको रुपन्देहीमा अदालतले थुन्नै मानेन ! >>   कानुन व्यवसायी र परिवारको जिम्मामा रवि , बिहीबार थुनछेक बहस हुने >>   क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार ! >>   एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई? >>   प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित ! >>   खाद्य विभागद्वारा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् ।

बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले एमसिसी पास गराउन पनि धेरै गाह्रो भएको स्मरण गर्दै अहिले आम नागरिकले सही रहेछ भन्नेकुरा बुझेको बताए ।

उनले पास गराउने बेलामा धेरै ठूलो बिरोध भएपनि अहिले आएर साँच्चिकै राम्रो रहेछ भन्नेकुरा सबैले थाहा पाएको बताए । उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको भन्दै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने बताएका छन् ।

सभापति देउवाले कुनै देशको ऋण लिँदा पनि ऋणको भारमा नपर्नेगरी लिनुपर्ने बताए ।


प्रकाशित मिति: १० माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?