Trending
>>   उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाएः सांसद सापकोटा >>   चोरीमा संलग्न चार जना पक्राउ >>   घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित >>   चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक >>   टर्किएको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ >>   क्यापिटल दंगाका करिव १५ सयलाई ट्रम्पको माफी >>   बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने >>   बढ्यो सुनको मूल्य, आज कतिमा भैरहेकोछ कारोबार ? >>   सशस्त्र प्रहरी बल २४औँ वर्षमा >>   भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

चोरीमा संलग्न चार जना पक्राउ


काठमाडौं । कामनपा-११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका-४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका-२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा रहेका छन् ।

पदमा कुमारीको कोठाबाट गत पुस १६ गते सुनका विभिन्न गरगहना र नगद गरी करिब १६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रूपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?