Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा


१७ चैत ,काठमाडौँ ।अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ ।

सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिइन्‌।

अनेमसङ्घले राष्ट्रको अग्रगमन र समृद्धिका लागि राज्यको हरेक संरचनामा महिलाको समानुपातिक समावेशी सहभागिताका साथै महिला हिंसाको अन्त्य, शान्ति, सुशासन र सामाजिक न्यायप्राप्तिका उद्देश्यले निरन्तर काम गरिरहेको उनको भनाइ थियो ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?