Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

रवि लामिछानेलाई फेरी जेल हाल्ने खेल? उच्च अदालतकाे यस्ताे आदेश !


पोखरा । उच्च अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा मुछिएकाको कैफियत प्रतिवेदन माग्ने  आदेश दिएको छ ।

न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र प्रतिवादी बनाइएका लामिछाने सहित सातै जनालाई छाड्नुको आधार कारण कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको छ । जिल्ला अदालत कास्कीले उनीहरूलाई धरौटीमा छोड्ने आदेश दिएको थियो ।

पुस २५ गते न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख, पूर्व डीआईजी छविलाल जोशीसँग ८८ लाख, उनका सहयोगी रामबहादुर खनालसँग १५ लाख, जिबी राईकी सहयोगी लिला पछाइसँग ३७ लाख धरौटीमा माग भएको छ ।

यसैगरी, संस्थापक अध्यक्ष मिना गुरुङसँग ५ लाख, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङसँग १ लाख र कोषाध्यक्ष आरती गुरुङसँग ५ लाख धरौटी माग भएको थियो । उनीहरू सबै जना धरौटी बुझाएर रिहा भैसकेका छन् । उक्त आदेशमा असन्तुष्टि जनाउँदै सरकारी वकिल कार्यालयले उच्चमा निवेदन दिएको हो ।

सरकारी वकिलको कार्यालयले सबै जनालाई थुनामै राखेर पुर्पक्ष हुनुपर्ने माग गरेको छ ।


प्रकाशित मिति: ८ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?