Trending
>>   एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा सर्वसम्मत >>   आज काठमाडौँका यी स्थानमा बिजुली काटिँदै >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ? >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना >>   नेपाल एयरलाइन्स कमजोर हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन सकेनः सञ्चारमन्त्री >>   कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना >>   फेरी रवीलाई जेल हाल्न यस्ताे हुँदैछ तयारी ! >>   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे महत्व >>   ब्रत किन बस्ने? >>   के के छन सरकारले ल्याएको अध्यादेशमा?
Logo
२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

फेरी रवीलाई जेल हाल्न यस्ताे हुँदैछ तयारी !


पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा बिहीबार जिल्ला अदालत कास्कीले सात प्रतिवादीलाई धरौटीमा छाड्ने निर्णय गर्‍यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश न्यायाधीश नीतिज राईले गरे ।

उक्त आदेशप्रति जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएको छ । अभियोगपत्रमा मागदाबी बमोजिमको आदेश नआएको र धरौटी रकम पनि कम लिइएको हुँदा उच्चमा पुनरावेदन गर्ने तयारी जिल्ला सरकारी वकिल कार्यालयको छ । आदेशको प्रकृति हेरेर अर्को हप्तासम्म पुनरावेदन निवेदन दिइने जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले बताइन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?