Trending
>>   ८४ >>   रबिका संयोग : जिबी राइले जेल पुर्याए,नीतिज राइले थुनामुक्त गराए ! >>   अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिने ! >>   सुनको कमण्डलु थापेर हामी अरुसँग भिख माग्ने? >>   अब के हुन्छ अदालतमा रविकाे मुद्दाकाे प्रकृया? >>   रवि लामीछाने आइतबार मात्रै काठमाडौँ अदालतमा उपस्थित हुने >>   अदालतले कुनै आरोपीबाट किन धरौटी माग्छ? >>   रवि छुट्दा सूर्य थापा असन्तुष्ट, घन्टैपिच्छे लेख्छन् स्टाटस् ! >>   आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी >>   प्रतिबन्धित औषधी नबेच्न औषधी व्यवस्था विभागको चेतावनी
Logo
२६ पुष २०८१, शुक्रबार
२६ पुष २०८१, शुक्रबार

सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय


काठमाडौँ। सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको बताए । उनले २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिने निर्णय गरेको बताए ।

प्रवक्ता गुरुङले सरकारले सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रुपमा काम गर्नेगरी काजमा खटाउने निर्णय गरेको बताए । उनले पुस २६ र २७ गते काठमाडौंमा हुने नेपाल भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकमा हुन वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरी बैठकमा सहभागि हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको पनि जानकारी दिएका छन् ।

उनले २०८१ माघ २८ देखि ३० गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने वर्कसप अन इन्हान्सिङ एसआई–सिएसओ इंगेजमेण्ट इन द एएसओएसएआई रिलिजन कार्यक्रममा सहभागि हुन उपमहालेखापरक्षक बामदेव शर्मा अधिकारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?