Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सात पत्रकार पुरस्कृत


१६ चैत ,तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले ६८औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रिय समचार समिति (रासस)मा कार्यरत तनहुँका संवाददाता सानेबहादुर नेपालीलाई पुरस्कृत गरेको छ ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले उनलाई पुरस्कृत गरेका हुन्‌ ।

पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जीवी–हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट नेपालीलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार एक सय ११ छ । सो अवसरमा पत्रकार नेपालीसहित जिल्लाका सात पत्रकारलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित रु १५ हजार राशिको पुरस्कार पत्रकार विश्वबन्धु भण्डारीलाई प्रदान गरियो । इञ्जीनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, भोर्लेली केवलबहादुर स्मृति पुरस्कार महासङ्घ तनहुँका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई र रणबहादुर चिजाकुमारी–सुरज गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ ।

अधिकारी र भट्टराईलाई नगद रु १०–१० हजार र आचार्यलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी टिकानिधि ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार स्व पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गर्ने निर्णय भएअनुरुप पुरस्कृत गरिएको तनहुँ शाखाका सचिव प्रताप रानाले बताए । शर्मा र पौडेललाई रु १० हजार सहित पुरस्कृत गरिएको हो ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?