Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

के फुर्ती गर्छस तपाइले?


काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच सवालजबाफ भएको छ।

आफूले असहमति जनाउँदा जनाउँदै सभापति यादवले बैठकका निर्णयहरू सुनाएको र कुरा राख्न पनि समय नदिएको जस्ता विषय सुवालले राखेका थिए।सांसद सुवालले कुरा राख्दै गर्दा औंला उठाएको भन्दै सभापति यादवले औंला तल राख्न भनेका थिए। सभापति यादव कडा स्वरमा बोलेपछि छेवैमा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सभापति यादवलाई सम्झाउन खोजेका थिए।

सांसद सुवालले सभापति यादवलाई भने, ‘तपाईं निरंकुश नहुनुस्, यो राणा शासन होइन। मैले असहमति छ भनेपछि तपाईंले किन भन्नुपर्ने हो। तपाईं एक्लै हो, के फुर्ति गर्नुहुन्छ, हुत्तिनुहुन्छ।’


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?